विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई २ थान भेन्टिलेटर उपलब्ध गराउने
नुवाकोट, ३० वैशाख । नुवाकोटको विदुर नगरपालिकाले कोभिड–१९ संक्रमणको उच्च जोखिमलाई मध्येनजर गर्दै तत्काल दुईथान भेन्टिलेटर जिल्ला अस्पताल त्रिशुलीलाई उपलब्ध गराउने भएको छ ।
विश्वभर फैलिएको महामारिसंगै जिल्लामा दिनप्रतिदिन कोरोनाका विरामीहरुको चाप बढ्दै गएका कारण हाल दुईथान भेन्टिलेटर अपुग भएको जानकारी जिल्ला अस्पतालले गराए पश्चात तत्काल निरीक्षणमा पुगेका विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले विरामिहरुको सहजताका लागि दुईथान भेन्टिलेटर उपलब्ध गराउने अस्पतालले जानकारी दिएको हो ।
कोभिड–१९ को संक्रमणले विरामीहरु दैनिकरुपमा बढीरहेको कारण भेन्टिलेटरमा राख्न पर्ने अवस्था धेरै नै देखिएको हुनाले दुई थान भेन्टिलेटर आवश्यक भएको भन्ने सुचना प्राप्त हुदाँ तत्काल नगरपालिकावाट भेन्टिलेटर खरिद गर्ने प्रक्रिया आजै सुरु गरिएको नगर प्रमुख सन्जु पण्डितले जानकारी दिनुभएको छ ।
नगर प्रमुख पण्डितका अनुसार करिव रु, ५० लाख मूल्य पर्ने दुईथान भेन्टिलेटर अस्पतालमा रहेकै मापदण्ड र उहीँ कम्पनीको खरिद गरिने छ ।
मेयर पण्डितले भने “आफनो जिल्लाबासि लगाएत छिमेकी जिल्ला रसुवा र धादिङ्का विरामीहरु उपचारका लागि आउने हुनाले कोही पनि कोरोनाका विरामीहरु अक्सिजन र भेन्टिलेटरको अभावले कसैलेपनि ज्यान गुमाउन नपरोस भन्ने मुख्य उदेश्यले भेन्टिलेटर तत्कालै खरिद गर्न लागिएको हो” ।
त्रिशुली अस्पताल लगाएत स्वास्थ्य संस्थाहरुमा पनि भेन्टिलेटर र अक्सिजन लगाएतका स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन विदुर नगरपालिका सधै कटिवद्ध रहेको समेत उहाँले जानकारी दिए।
३० बैशाख २०७८, बिहीबार