नुवाकोटको त्रिशुली अस्पतालमा स्वाब संकलन स्थगित

नुवाकोट ३०, वैशाख । नुवाकोटको त्रिशुली अस्पतालमा पिसिआर परीक्षणका लागि स्वाब संकलन कार्य बन्द गरिएको छ । त्रिशुली अस्पतालमा आर टी परीक्षण प्रयोगशालामा कोभिड १९ परीक्षणको लागि स्वाब अत्याधिक संकलन भइसकेकोले उक्त परीक्षण नसकिएसम्मका लागि स्वाब संकलन कार्य बन्द गरिएको त्रिशुली अस्पताले जानकारी दिएको छ ।                                                                                            संकलन भएको स्वाब परीक्षण गर्न एकसाता लाग्ने भएकोले आज बिहिबारदेखि एक साताको लागि स्वाब संकलन कार्य बन्द गरिएको हो ।