अक्सिजन नियमनको नाममा सरकारले नागरिकको हत्या गर्यो : न्यायको लागि मानवअधिकार
काठमाडौं ३१, वैशाख । न्यायको लागि मानवअधिकारले विहिबार एउटा विज्ञप्ती निकालेर कोभिड १९ संक्रमितहरुलाई अक्सिजन अवरुद्ध पार्नेहरुलाई कार्बाही गर्दै तुरुन्त आवश्यक अक्सिजन उपलब्ध गराउन सरकारलाई अनुरोध गरिएको छ ।
न्यायका लागि मानवअधिकार संजालले अक्सिजन नियमनको नाममा सरकारले नागरिकको हत्या गरेको र वेवास्ता गरिरहेको दावी गरेको छ ।
न्यायका लागि मानवअधिकार संजालका संयोजक संयोजक ईन्द्र प्रसाद अर्यालले एक प्रेस वक्तव्य जारी गर्दै सरकारले सत्ताको खिचातानी छोडेर तुरुन्त अक्सिजन उपलब्ध गराउन ध्यान दिनुपर्ने बताएका छन् ।
कोरोना संक्रमित हरू उपर अक्सिजन नियमनको नाममा सरकारले नागरिकहरूको हत्या गरिरहेकोले यस्तो मानबता बिरोधि जघन्य अपराध गर्ने दोषिलाई कार्वाही गर्न विज्ञप्तीमा भनिएको छ ।
अक्सिजन उपलब्ध गराउन र कोभिड १९ सँग जुधेर नागरिकको जिवन रक्षा गर्नका लागि सबै दलहरु एकजुट हुन न्यायका लागि मानवअधिकारले अनुरोध गरेको छ ।
३१ बैशाख २०७८, शुक्रबार