नुवाकोटको त्रिशुली अस्पतालमा आइसियु अभावमा संक्रमितको मृत्यु

नुवाकोट २, जेठ । नुवाकोटको त्रिशुली अस्पतालमा उपचाररत एक संक्रमितको आइसियुको अभावमा मृत्यु भएको छ ।
किस्पाङ गाउँपालिका वडा नं ५ का ३३ वर्षीय युवक रहेको त्रिशुली अस्पतालले जनाएको छ।
त्रिशुली अस्पतालका सबै आइसियु कक्ष संक्रमितले भरिसकेका छन ।
अस्पतालको आइसियु वेड क्षमता ६ रहेको र सबै भरिसकेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले बताए ।
पछिल्लो समय नुवाकोटमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्रिशुली अस्पतालले आफ्नो क्षमता भन्दा बढी संख्यामा संक्रमितको उपचार गरिरहेको छ ।