किस्पाङ गाउँपालिका अध्यक्ष लामाद्वारा ४० वटा अक्सिजन सिलिन्डर र १० बेडको आइसोलेसन व्यवस्थापन

नुवाकोट ४, जेठ । नुवाकोटको किस्पाङ गाउँपालिकाले आफ्नै अक्सिजन सिलिन्डर र आइसोलेसन बेड व्यवस्थापन गरेको छ ।
गाउँपालिकाले आफ्नै खर्चमा ४० वटा अक्सिजन सिलिन्डरको व्यवस्था मिलाएको हो । किस्पाङ गाउँपालिकाले १० बेडको आइसोलेसन समेत तयार गरिसकेको किस्पाङ गाउँपालिकाले जनाएको छ ।
नुवाकोटमा पछिल्लो समय कोभिड १९ को संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा किस्पाङ गाउँपालिकाले विभिन्न जनचेतनामूलक कार्यक्रम सन्चालन गरिरहेको र अहिले स्वास्थ्य सामग्रीहरूको व्यवस्थापन पनि भइरहेको गाउँपालिका अध्यक्ष छत्र लामाले बताए ।