लमजुङ भूकम्प : पराकम्प आउने क्रम जारी
तारकेश्वर अनलाइन । लमजुङको मस्र्याङदी गाउँपालिका भुलभुले क्षेत्र केन्द्रविन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ हेक्टरको भूकम्प गएको छ ।
भूकम्पको ठूलो झट्काका कारण मानिसहरु त्रसित भएर घर बाहिर निस्केका छन् । लमजुङ केन्द्रविन्दु भएर ठूलो धक्का महसुस भएपछि नागरिक निकै आत्तिएका छन् ।
भूकम्प जाँदा मस्र्याङदी गाउँपालिका ५ घर भई बेंसीसहर नगरपालिका ६ चनौटे बस्दै आएका ३६ बर्षीया उमा गुरुङ घर भत्किदा घाइते भएका छन् । यस्तै, मस्र्याङदी गाउँपालिका ६ ठुलिबेंसीका २२ बर्षीय गोविन्द अधिकारी घरबाट हाम फाल्ने क्रममा घाइते भएको जानकारी आएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।
भूकम्प गएपछि बेंसीसहरका चोकचोकमा मानिसको भिडभाड बढेको छ । पटकपटक झट्का आइरहँदा मानिसहरु निकै आत्तिएका छन् ।