विदुरको तुप्चेमा जनजागृत युवा क्लबद्वारा कोरोना उद्दार टोली गठन, आर्थिक सहयोग गर्न अपिल

नुवाकोट,५ जेठ । नुवाकोटको विदुर नगरपालिका स्थित वडा नं ७ तुप्चेमा रहेको जन जागृत युवा क्लबले कोरोना उद्दार टोली गठन गरेको छ ।
पछिल्लो समय नुवाकोटमा पनि तिव्र रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न विदुर नगरपालिकाको तुप्चेमा रहेको जन जागृत युवा क्लबले कोरोना उद्दार टोली गठन गरेको हो ।
अहिले तुप्चेमा पनि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उद्दार कार्यमा आवश्यक स्वास्थ्य सामग्रीहरू खरिद गर्न आर्थिक अभाव भएकोले आर्थिक सहयोग गर्न क्लवले अपिल गरेको छ ।
साथै संक्रमित विरामीलाई आवश्यक पर्ने औषधि र अक्सिजन समेत क्लबलाई सहयोग गर्न सकिने क्लवका अध्यक्ष राजकुमार रिजालले बताए ।
मंगलबार कल्वले एक विज्ञप्ति निकाल्दै सहयोग गर्न चाहनेले ९८४९४१२११३ र ९८०८१८१५०५ मा राजकुमार रिजाललाई सम्पर्क गर्न सकिने जनाएको छ ।