नुवाकोटमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १५ पुग्यो

नुवाकोट, ६ जेठ । नुवाकोटमा बिहीबार थप एकजना कोरोना संक्रमितको मत्यु भएको छ ।

नुवाकोटको विदुर नगरपालिका वडा नं ४ स्थित बट्टार घर भएका ५० वर्षिय पुरुषको उपचारको क्रममा आज दिउसो १ः४५ बजे त्रिशुली अस्पतालमा मृत्यु भएको हो ।

यस्तै आजै धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का ४२ वर्षिय पुरुषको पनि कोरोना संक्रमणको कारण ज्यान गएको त्रिशुली अस्पतालले जनाएको छ । ।

यससँगै नुवाकोटमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।