स्वीट्जरल्याण्डले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

कठमाडौं, ८ जेठ । स्वीट्जलल्याण्ड सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

ती स्वास्थ्य सामग्रीमा ४० थान भेन्टिलेटर, अक्सिजन कन्सर्न ट्रेटर तथा तथा एघार लाख थान एन्टिजेन टेस्ट किट, व्यक्तिगन सुरक्षा समाग्री रहेको बताइउको छ । विशेष कार्गो उडान मार्फत ती सामग्री नेपाल ल्याइएको हो ।

ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठी नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत इलिजावेथ भोन केप्लरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभयो ।