उपत्यकामा दुई हजार ३१८ सङ्क्रमित थपिए

काठमाडौं, ८ जेठ । काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमणका दुई हजार ३१८ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा कोरोनाका दुई हजार ३१८ जना सङ्क्रमित थपिएका हुन् ।

काठमाडौंमा पछिल्लो चौबीस घण्टामा एक हजार ८११, भक्तपुरमा १७९ र ललितपुरमा ३२८ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा हाल २० हजार १६६ जना सक्रिय सङ्क्रमित छन् । एक लाख ५३ हजार ९९५ जना निको भएका छन् ।

एक हजार ४०३ जना सङ्क्रमित ज्यान गुमाएका छन् । भक्तपुरमा हाल चार हजार ६१८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । १३ हजार १०० जना सङ्क्रमित निको भएका छन् । २७४ जनाको मृत्यु भएको छ ।

त्यसैगरी, ललितपुरमा हाल छ हजार ४४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । २३ हजार १६८ जना हालसम्म कोरोनामुक्त भएका छन् । ललितपुरमा हालसम्म ३६७ सङ्क्रमितले ज्यान गुमाएका छन् ।