संसद विघटन विरुद्ध नेकपा माओवादी केन्द्र काठमाडौको ६ बुदे अपिल

काठमाडौ   जेष्ठ ९ प्रधानमन्त्री  र राष्ट्रपतिको कदम विरुद्ध नेकपा माओवादी केन्द्र काठमाडौं जिल्ला समितिले ६ बुँदे अपिल जारी गरेको छ। माओवादीको  विज्ञ्प्त ी अनुसार साँझ सात ३० बजे देखि ७ ३५ सम्म ५ मिनेट घरको वत्ति निभाएर ब्ल्याक आउट गर्न नेकपा माओवादी केन्द्र काठमाडौ जिल्ला समितिले आह्वान गरेको छ ।

 

१४९ जना सांसदको हस्ताक्षर सहित गएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको फर्जी दाबीलाई बहाना बनाएर राष्ट्रपति विद्यादेवी भण्डारीले हठात् असंवैधानिक र अलोकन्त्रिक ढंगले संसद विघटन गरेको विरोधमा काठमाडौं जिल्लाले ब्ल्याक आउट गर्न आह्वान गरेको हो ।

 

कोरोना संक्रमणका कारण आक्रान्त बनिरहेको बेला नहुने निर्वाचन घोषणा गरेर ओली सरकारले ४१ अरब रुपैयाँ खर्च गर्न लागेको आरोप लगाइएको छ ।सबै पार्टी कमिटीको शक्ति कोरोना नियन्त्रणमा लाग्नु पर्ने भन्दै अध्यक्ष शर्माले जिल्लाका १३८ वटै वडामा कोरोना नियन्त्रण सहयोग समिति बनाएर थप प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका छन् ।

९ जेष्ठ २०७८, आईतवार