नेपालमा थप ७९१४ कोरोना संक्रमण , १९३ जनाको मृत्यु

काठमाडौं, ९ जेठ । नेपालमा कोरोनाबाट ७ हजार ९ सय १४ जनामा कोरोना पुष्टि भएको छ ।
जसमा उपत्यकामा मात्रै २ हजार ८ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज १९३ जनाको मृत्यु भएको छ । आज ७ हजार ६६४ जना डिस्चार्ज भएका छन् ।
मन्त्रालयले काठमाडौंमा पछिल्लो चौबीस घण्टामा एक हजार ५६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।