नागरिकतासम्बन्धी अध्यादेशमा कस्तो छ व्यवस्था ?

काठमााडौ, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ आइतबार जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गर्नुभएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ मा‘जन्मसिद्ध’ (जन्मको आधारमा नागरिकता लिएका) नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रावधान अध्यादेशमा राखिएको छ ।
बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा राखिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि प्रतिनिधि सभामा विचाराधीन छ । हाल प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत विभिन्न प्रावधानको व्यवस्था गरेको हो ।
अध्यादेशमा यस्तो छ व्यवस्था