तारकेश्वरको साङ्ला खोलामा निर्माणाधीन पक्की पुल खोलाले बगायो
तारकेश्वर, १० वैशाख । काठमाडौंको तारकेश्वर नगरपालिकाको वडा नं १ को साङ्ला खोलामा निर्माणाधीन पक्की पुल खोलाले बगाएको छ ।
सोमबार दिउँसो करिब साँढे दुई बजे आएको भारि बर्षाको कारण वडा नं १ मा रहेको निर्माणाधीन पुल खोलाले बगाएको स्थानियले बताएका छन् । जम्मा १० मिनेटको बर्षाले भोलि ढलान हुन लागेको पुल बगाएको हो ।
भोलि हुन लागेको उक्त पुलमा फट्टा ठोकेर ढलानको लागि तयार गरिएको थियो। यसरी ढलान हुन लागेको खोलाले बगाउँदा लाखौंको लगानी खेर गएको छ ।




