उपत्यकाका प्रजीअहरूकाे बैठक जारी, निषेधाज्ञा थप कडा गरिने

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसिरहेको छ ।

वैठक निषेधाज्ञा थप गर्ने र अबको निषेधाज्ञा अहिलेको भन्दा कडाई गर्ने विषयमा छलफल भइरहेको भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

पछिल्लो समय कोरोनाको संक्रमणको दर अपेक्षित रुपमा घटन नसके पछि जारी निषेधाज्ञालाई कडाई गर्न लागिएको हो ।

निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पनि वैठकमा छलफल हुने बताइएको छ ।