काङ्ग्रेस सह महामन्त्री डा.प्रकाश शरण महतद्वारा खरानीटार अस्पताललाई ६ थान बेड प्रदान

काठमाडौं,१२ जेठ ।  नेपाली काङ्ग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महत तथा नेपाली कांग्रेस महासमिती सदस्य बिना महतद्वारा नुवाकोटको तादी गाउँपालिकाको खरानीटार अस्पताल लाई ६ थान वेड प्रदान गरिएको छ।

वेड प्रदान गर्दै नेपाली काङ्ग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले भने – “अहिले कोभिडले आक्रान्त भएको बेलामा सरकार गम्भीर नभएको बताएका छन ।”

काठमाडौमा तादि गाउँपालिका अध्यक्ष नारायण पान्डेलाई प्रदान गरिएको हो । उक्त कार्यक्रममा नेपाली कांग्रेस नुवाकोट निर्वाचन क्षेत्र न १ प्रदेश ख अध्यक्ष अर्जुन प्रसाद न्यौपाने नेपाली कांग्रेस नुवाकोटका नेता प्रल्हाद पन्त नेपाल विद्यार्थी संघ नुवाकोट क्षेत्र न १ सचिब प्रभाकर ढुंगानाको उपस्थित रहेको प्रभाकर ढुङ्गानाले तारकेश्वर अनलाइनलाई जानकारी दिए।

१२ जेष्ठ २०७८, बुधबार