तारकेश्वरमा संक्रमितलाई अक्सिजनको अभाव नहुने : स्वास्थ्य प्रमुख शाह 

तारकेश्वर, १२ जेठ । काठमाडौंको तारकेश्वर नगरपालिकामा सन्चालित कोभिड आइसोलेसनमा संक्रमितलाई अक्सिजनको अभाव नहुने तारकेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुमार शाहले बताएका छन् ।

तारकेश्वर नगरपालिकाको वडा नं १ स्थित साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रमा सन्चालित आइसोलेसन केन्द्रमा हिजो मंगलबार सम्म १४ जना संक्रमित भर्ना भएका छन भने एक जना बिरामीलाई त्रि वि शिक्षण अस्पताल महाराजगन्ज रिफर गरिएको र २ जना कोरोना मुक्त भइ घर फर्किएको स्वास्थ्य प्रमुख शाहले बताए ।

अस्पताले निशुल्क औषधीको समेत व्यवस्था गरेको छ । साङ्लाको आइसोलेसन केन्द्रमा अहिले ६४ वटा अक्सिजन सिलिन्डर रहेकोले तारकेश्वरमा अक्सिजन अभाव नहुने स्वास्थ्य प्रमुख शाहले जानकारी दिए ।

साथै अहिले कोभिड अस्पतालमा २ जना डाक्टर र २० जना स्वास्थ्य प्राविधिक सहितको टोलीले काम गरिरहेका छन् ।