भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कानुनी कारवाही गर : विवेकशील साझा युवा संगठन

काठमाडौं,१४ जेठ । कोरोना भाइरसको महामारीले देश नराम्रो परिस्थितिबाट गुज्रिरहेको अवस्थामा बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका फ्रन्टलाईनर स्वास्थ्यकर्मीहरुमाथि भएको भौतिक आक्रमणप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।
अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथी अभद्र भिड पुगेर आक्रमणसमेत गर्दा स्वास्थ्यकर्मीहरु माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनुपरेको घटनालाई सामान्य रुपमा लिन नसकिने भन्दै उक्त आक्रमणको भत्सर्ना गरेको छ ।
भेरी अस्पताल आक्रमणबाट घाईते भएका डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे र बन्दना श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्दै अमानवीय आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरि कानुनी कारवाहीको दायरामा ल्याउन विवेकशील साझा युवा संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।