किवानिज क्लब अफ कान्तिपूर काठमाण्डौंद्वारा कोराना संक्रमण भएका ४९ जना बालबालिकाहरुलाई सहयोग

काठमाडौं, १५ जेठ । किवानिज क्लब अफ कान्तिपूर काठमाण्डौंले कोराना संक्रमण भएका बालबालिकाहरूलाई सहयोग गरेको छ ।

नक्शाल स्थित बालमन्दिरमा रहेका ४९ जना बालबालिकाहरुमा कोराना संक्रमण भएको बालगृह संचालक समितिका अध्यक्ष विद्या न्यौपानेले बताएपछि बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको किवानिज क्लब अफ कान्तिपूरले जानकारी दिएको छ ।

नेपाल आयुर्वेदिक अस्पताल किर्तिपुरको आइसोलेसन केन्द्रमा रहेका संक्रमित बालबालिकाहरुलाई आइसोलेसन केन्द्रमा नै पुगेर पौष्टिक तत्व युक्त खाध्यान्न तथा फलफूलहरु वितरण गरिएको हो ।

उक्त खाद्यान्न सामग्रीहरु क्लबले बालगृहका कर्मचारी श्री सुरेन्द्र पन्तलाई आइसोलेसन केन्द्रमा पुगेर हस्तान्तरण गरेको क्लवले जानकारी दिएको छ । हाल किवानिज क्लब अफ कान्तिपूर काठमाण्डौंको अध्यक्ष राजन प्रसाद न्यौपाने रहेका छन् ।