नेपाली काँग्रेस ककनी सभापति न्यौपानेद्वारा सिसडोल स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण(भिडियो सहित)

नुवाकोट, २० जेठ । नेपाली काँग्रेस नुवाकोटका ककनी गाउँपालिका सभापति राजन न्यौपानेले गाउँपालिकाको सिसडोल स्वस्थ्य चौकीलाई स्वस्थ्य सामग्री प्रदान गरेका छन् ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाकाे दोस्रो लहरको नयाँ भेरियन्टले नुवाकोटमा पनि प्रत्यक्ष प्रभाव पारेको छ ।

काठमाडौंबाट १८ किलोमिटरको दुरीमा रहेको नुवाकोटको ककनी गाउँपालिका स्थित वडा नं २ को सिस्डोल क्षेत्रमा काठमाडौं महानगरपालिका लगायतका १८ वटा नगरपालिकाले अस्तव्यस्त रुपमा फोहोर फालेर संक्रमण दर अझै भयावह हुनसक्ने भन्दै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरेको नेपाली काँग्रेस ककनी गाउँपालिका सभापति न्यौपानेले बताए ।