नुवाकोटको देविघाट बगरमा भइरहेको नदीजन्य उत्खननलाई लिएर भएको गलत प्रचार प्रति विदुर नगरपालिकाको ध्यानाकर्षण

नुवाकोट, २४ जेठ । नुवाकोटको विदुर नगरपालिका वडा नं ३ स्थित देविघाट बगरमा भइरहेको नदीजन्य उत्खननलाई लिएर समाजिक सञ्जाल र समुदाय स्तरमाभएको गलत प्रचार प्रति विदुर नगरपालिकाले ध्यानाकर्षण गराएको छ ।

विदुर नगरपालिकाले नगरपालिकाको वडा नं ३ देविघाट बगरमा गरेको नदिजन्य उत्खनन कुनै व्यक्तिगत लाभको लागि नभएको बताइरहेको छ ।

उक्त उत्खनन आइइ गरेर एक मिटर गहिराइ सम्म ग्रावेल निकाल्न मिल्ने गरि मापदण्ड पुर्याएर वडा नं. ३ को देवीघाट पुर्सुन्टार खड्गभञ्ज्याङ सडक, पुर्सुन्टार भोर्ले सडक र सिर्खाली केउरिनी करिब १० कि.मि. सडकलाई ग्रावेल र आवश्यक मर्मत गर्न उत्खनन गरिएको नगरपालिकाले दावी गरेको छ ।

नुवाकोटमा पछिल्लो समय अवैध नदिजन्य उत्खनन बढ्दै जाँदा नगरपालिकाको विकास निर्माणका लागि मापदण्ड अनुसार सामाजिक निर्णय सहित गरिएको काममा शंका उठ्नु स्वाभाविक भएकोले विकास निर्माणको काममा अनावश्यक रुपमा गलत प्रचार नगर्न नगरप्रमुखले जानकारी दिएका छन् ।

ध्यानाकर्षण सम्बन्धमा ।

विदुर नगरपालिका वडा नं. ३ देवीघाट बगरमा भएको ग्राभेलको उत्खनन्को विषयलाई लिएर आम जनमानसमा रहेको जिज्ञासा निराकरण एंव वास्तविकताको विषयलाई प्रष्टाउन अति सान्दर्भिक लागेकोले यो ध्यानाकर्षण गरिएको छ । वडा नं. ३ को देवीघाट पुर्सुन्टार खड्गभञ्ज्याङ सडक, पुर्सुन्टार भोर्ले सडक र सिर्खाली केउरिनी करिब १० कि.मि. सडकलाई यस आ.व. भन्दा अघिल्लो वर्ष नै नगरपालिकाले बजेट विनियोजन गरी नाली निर्माण, साइड वाल, ह्युम्पाइप व्यवस्थापन लगायतका पूर्वाधार निर्माणका कार्य सम्पन्न गरिसके पश्चात आ.व. २०७७।०७८ मा थप बजेट विनियोजन नगरी नगरपालिका स्वयंमले आफ्नै वा भाडामा Excavator, Tripper, JCB, Roller, Grader हरुको प्रयोग गरी सडक ग्राभेल गर्ने कार्य सम्पन्न गर्ने योजना अनुसार वि.सं. २०७६ सालमा नगरपालिकाले कानून सम्मत तरिकाले स्वीकृत भएको IEE प्रतिवेदन अनुसार १ मिटरसम्म गहिरो खन्न पाउने आधारमा उत्खनन् गरी उक्त ग्राभेललाई सडकमा प्रयोगयोग्य बनाउन जालीको प्रयोग गरी चाल्ने काम समेत नगरपालिकाले सम्पन्न गरी त्यसबाट निस्किएको उक्त ग्राभेलिङ कार्यमा प्रयोग गर्न नमिल्ने बोल्डर ढुङ्गा नदीको किनारमा थुपारी राखिएको र उक्त ढुङ्गा बर्षातको भेलमा बगाएर लाने स्थानीयहरुको आवाज उठाएको प्रसङ्गलाई समेत सम्बोधन हुने र उक्त ढुङ्गा नगरपालिकाभित्रै संचालन हुने मध्यपहाडी लोकमार्गले प्रयोग गर्ने माग सहितको निवेदन समेत आएकोले नगरपालिकाको प्राविधिक मुल्याङ्कनको आधारमा हुन आउने नियमानुसारको राजश्व समेत दाखिला गरी उक्त बोल्डर ढुङ्गाहरु प्र्रयोगमा ल्याई स्थानीय रुपमा संचालित राष्ट्रिय आयोजनाहरुलाई कच्चा पदार्थ उपलब्ध गराउन पर्ने बाध्यकारी व्यवस्थाको समेत कार्यान्वयन भएको सम्पूर्ण नगरबासीमा जानकारी गराइन्छ । यस शिलशिलामा कानूनको पालना हुन गरिएका पत्राचार प्रति उत्तरदायी रहन मातहतका निकाय तथा सरोकारवाला सम्पूर्णमा ध्यान आकृष्ट गरिन्छ । आफ्नै वडामा भइरहेको र गरिरहेको विकास निर्माणको गुणस्तरीयता नाप्ने लगायतका जनचासोको विषयमा सरोकार राख्नको सट्टा राजनीतिक रंग प्रदान गर्ने गरी आफ्ना व्यक्तिगत वा संस्थागत पदिय मर्यादाको समेत ख्याल नगरी फेसबुक लगायतका माध्यमबाट गरियका बक्तव्यबाजी र प्रचारको कुनै कानूनी आधार नभएको समेत प्रष्ट पारिन्छ र त्यस्ता अबान्चित, हुलहुज्जतयुक्त गैर कानूनी कार्य गर्ने वा गराउने प्रति सचेत रहन सबैमा अपिल समेत गरिन्छ ।

 

मितिः २०७८/०२/२३

२४ जेष्ठ २०७८, सोमबार