दुप्चेश्वर गाउँपालिकालाई यशोदादेवी भगवानसिंह केसी ट्रस्टद्वारा स्वास्थ्यसामग्री हस्तान्तरण

नुवाकोट, २५ जेठ । नुवाकोटको दुप्चेश्वरलाई यशोदादेवी भगवानसिंह केसी ट्रस्टले स्वास्थ्यसामग्री प्रदान गरेको छ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थालाई कोरोना संक्रमणको नियन्त्रण र उपचारमा आवश्यक स्वास्थ्य सामाग्रीहरु उक्त ट्रस्टले वितरण गरेको हो ।

यशोदादेवी भगवानसिंह केसी ट्रस्टले दुप्चेश्वर गाउँपालिकाको विभिन्न स्वास्थ्य संस्थालाई अक्सिजन कन्सनट्रेटर ३ स्थान N -95 मास्क, ५/५ स्थान पिपिइ हस्तान्तरण गरेको ट्रस्टका महासचिव एवं नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

स्वास्थ्य सामग्रीहरु समुन्द्रटार हेल्थपोस्ट ,राउतबेशि हेल्थपोष्ट ,घ्याङफेदि हेल्थपोष्टलाई प्रदान गरेको ट्रस्टले बताएको छ । उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी, ट्रस्टका महासचिव जगदिश्वर नरसिंह केसी लगायतको उपस्थिति रहेको थियो ।