गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए पदबाट राजीनामा

काठमाडौं,२७ जेठ । विश्वासको मत नपाउने देखिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिनुभएको छ । विश्वासको मत लिनु केही घन्टाअघि उनले प्रदेश प्रमुख सीता पौडेलसमक्ष राजीनामा दिनुभएको हो ।

प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार बनाउन आह्वान गर्नुभएको थियो। यसअघि पनि मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएको थियो । पुनः मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । बिहीबार दिउँसो १२ बजे बस्ने प्रदेश सभा बैठकमा गुरुङले विश्वासको मत लिने कार्यतालिका थियो । गण्डकीमा ६० जना प्रदेश सभा सदस्य रहेकोमा विश्वासको मतका लागि ३१ मत आवश्यक पर्छ। अरु दलले साथ नदिने र एमालेसँग जम्मा २७ सदस्य रहेकोले मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन देखिएको थियो।

कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका दुई र राष्ट्रिय जनमोर्चाका तीन सांसद गरी ३२ जना सदस्य छन्। मुख्यमन्त्री गुरुङलाई मन्त्री दीपक मनांगेले नै मत नदिने हुनुभएको छ । मनांगेले बरु मन्त्री पद छाड्ने गुरुङलाई विश्वासको मत नदिने बताएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो।