सिन्धुपाल्चोकको हेलम्बुमा स्वास्थ्य सामाग्री वितरण

रामचन्द्र दुलाल  सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकाको सात वटा वडालाई कोरोना महामारी संकटको समयमा समुदाय स्तरसम्म कोरोना माहामारी फैलनबाट रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

उक्त सामाग्री ‘अनन्त क्षमता केन्द्रका काठमाडौ’का अध्यक्ष अमृत तिवारीबाट करिब तिन लाख ५० हजार बरावरको बिशेष स्वास्थ्य सामाग्री सात वटै वडाका लागि गाउँपालिका स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरिएको समाजसेवी रमेश राज भन्डारीले बताए ।

उनका अनुसार हेलम्बु गाउपालिका वडा न १,२,३,४ , ५,६ र ७ वडाका स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरिएको हो ।वितरण गरिएका सामाग्रीहरुमा अक्सिजन कन्सनट्रेटर, KN95 मास्क २००, पिस सर्जिकल मास्क ३६००, पिस अक्सिमिटर ७ पिस ,थर्मल गन ७ पिस, पिपिइ ५ पिस, फेससिल्ड ३०० पिस, ग्लोब्स १०० पिस, स्यानिटाइजर २० लिटर, क्लिनिङ क्लोथ १०० पिस, मुप ३ पिस, वाइफर ६ पिस, साबुन १९ पिस र डिसइन्फेक्टन २० पिस रहेका थिए ।

 

उक्त कार्यक्रमको पत्रकार रामचन्द्र दुलाल लगायत स्थानिय अगुवाहरु रमेश राज भन्डारी, सि.के. चौलागाईं, रामचन्द्र चौलागाई, दिपक चौलागाई देवी, राज कुमार भन्डारी लगायतले सहजिकरण र समन्वय गरेका थिए । संस्थाले मेलम्ची नगरपालिकाको पाँच वटा वडालाई १हप्ता अगि स्वास्थ्य सामाग्री र तिन हप्ता अगि मेलम्ची १२ मा खाद्यन्य र औषधी वितरण गरेको थियो।