हेफर ईन्टरनेशनल द्वारा शिवपुरी गाउँपालिकालाई सहयोग हस्तान्तरण

नुवाकोट  असार १ हेफर ईन्टरनेशनल नेपाल सस्थाले शिवपुरी गाउँपालिकालाई कोभिड नियन्त्रणकाे लागि रु ४ लाख रकमको चेक सहयोग गाउँपालिका अध्यक्ष रामकृष्ण थापालाई हस्तान्तरण गरेको छ।                                                                               उक्त सहयोग रकम कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेती को समन्वयमा फोकस नेपाल सस्था र थानपति महिला साना किसान सहकारी सस्थाको सहकार्यमा प्रदान गरिएको थियो।सहयोग हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले कोभिड नियन्त्रणका लागि गाउँपालिकाले तिव्र गतिमा काम गरिरहेकाे र विभिन्न सघ सस्थाले गरेको बताए साथै सहयोग गर्ने सस्थालाई धन्यवाद दिए ।                                                                                          कार्डसनका अध्यक्ष पदम उप्रेतीले अहिले यो त्यो नभनि सबै मिलि कोभिड नियन्त्रणमा लाग्नु पर्ने बताए । सहयोग हस्तान्तरण कार्यक्रममा शिवपुरीका प्रमुख प्रशासकिय अधिकृत युवाराज आचार्य स्वास्थ्य शाखाका प्रमुख उद्वव कार्की फोकस नेपालका कार्यकारी निर्देशक हेमराज छत्कुली साना किसान सहकारीका अध्यक्ष कमला थपलिया ,पत्रकार महासघ नुवाकोटका सदस्य हरि भेटुवाल शिवपुरीका वडाका जनप्रतिनिधि उपस्थिति रहेको थियो