रेडक्रस शिवपुरी उपशाखाद्वारा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग
प्रविण थपलिया शिवपुरी, असार १ नेपाल रेडक्रस सोसाइटी नुवाकोट शिवपुरी उपशाखा ले समुन्द्रटार स्वास्थ्य चौकी तथा कोभीड आइसोलेसन र शिवपुरी गाउँपालिकाको आधारभूत अस्पतालका लागि कोभिड–१९ को संकटविरुद्ध लड्न अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी नुवाकोट शिवपुरी उपशाखा अध्यक्ष भिमसेन खड्का, सचिव हरी प्रसाद सिटौला,सदस्य केशब रिजाल, तथा रेडक्रस सोसाइटी नुवाकोट जिल्ला प्रतिनिधि गोविन्द थपलिया लगायत टिमले मंगलबार शिवपुरीमा गाउँपालिका अध्यक्ष रामकृष्ण थापा तथा समुन्द्रटारमा स्वास्थ्य संयोजक रामकुमार थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सामग्रीमा 3 थान अक्सिजन सिलिन्डर ,सर्जिकल माक्स 500 थान, पञ्जा 100 थान, एन 95 माक्स 50,पि पि सेट 50 थान,फेसिल्ड 50 थान, सेनिटाइजर 5 लिटर रहेका छन् ।
यसैगरि शिवपुरी गाउँपालिका भित्रका प्रत्यक प्रहरी चौकी तथा आर्मी ब्यारेकमा 300 थान माक्स वितरण गरेको नेपाल रेडक्रस सोसाइटी नुवाकोट शिवपुरी उपशाखा ले जनाएको छ ।
रेडक्रस सोसाइटीको कामलाई विश्वभरि नै प्रशंसनीय मानिन्छ । रेडक्रसको मुख्यलक्ष्य भनेको मानव उद्धार हो । मानबिय उद्धार भन्नाले मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पुयाउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरि जीवन रक्षा गर्नु भन्ने बुझिन्छ ।
नेपालमा २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजारभन्दा बढी उपशाखाहरु रहेका छन् ।



