बालुवाटार छोडदै ओली, युवासंघका कार्यकर्ताले बालकोटसम्म स्कटिङ गर्ने
काठमाडौं। असार ३० निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दै छन्। ११ बजे निजी निवास भक्तपुरको बालकोट सर्न लागेका छन। ओलीलाई उनको पार्टी नेकपा एमालेको भातृ संगठन युवासंघका कार्यकर्ताले स्कटिङ गर्ने भएका छन्। युवा सघले दिएको जानकारी अनुसार ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ र स्वागत गर्दै बालकोटसम्म लाने कार्यक्रम रहेको छ।



