नुवाकोटमा निषेधाज्ञा साउन १० सम्म थपियो
नुवाकोट, १ साउन । नुवाकोटमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयुक्त बैठकले आज राति १२ बजेदेखि जिल्लाभर लागुहुने गरी जारी निषेधाज्ञा थपगरिएको हो। 
शुक्रबार बसेको जिल्ला प्रशासन कार्यालय नुवाकोटको बैठकले यस अघिदेखि बन्द रहेको सार्वजनिक यातायातलाई यथावत राख्दै सबै खालका व्यवसायहरु साँझ ७ बजेसम्म संचालन गर्ने पाउने लगायतको निर्णय गरेको छ। नुवाकोटमा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म लम्बाइको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी दिए ।
दुलालका अनुसार सार्वजनिक यातायातहरु जोर विजोर आधारमा खुल्नेछन्, अन्य धार्मिक कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी लगायतका भिडहुने कार्यक्रम गर्न भने बन्देज लगाइएको छ ।
आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने समेत सीडीयो दुलालले बताए ।



