कागेश्वरीधाम जहाँ विश्वकै ठूलो कागको मूर्ति राखिदै
तारकेश्वर साउन २ काठमाडौ उपत्यकाकै डाडाँहरु जोड्ने पर्यटकीय गन्तव्यको स्थल कागेश्वरी धामलाई धार्मिक पर्यटीय स्थलका रुपमा विकास गरिने भएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं–१ स्थित गागल हाईटमा रहेको कागेश्वरी मन्दिर र ऐतिहासिक साँस्कृतिक पृष्ठभूमि रहेको त्यस क्षेत्रमा विश्वकै ठूलो अष्ट धातुसहितको कागको प्रतिमा बन्ने भएको छ ।
लोकतान्त्रिक सहिद उद्यान गागल पार्कमा कागको मूर्ति राख्ने तयारी भइरहेको छ । स्थानीवासीको सहयोग तथा प्रदेश सरकारको एक करोड बजेटबाट निर्माण भईरहेको कागको मूर्तिको १३ फिट लम्बाई, ९ फिट उचाई र १९४० किलो तौल रहने मूर्ति निर्माण समितिका कार्यवाहक अध्यक्ष पुष्कर प्याकुरेलले जानकारी दिए । स्तम्भमा राख्न तयारी अवस्थामा रहेको सो मूर्तिको अवलोकन तथा अनुगमन गर्न पुगेका बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले धार्मिक पर्यटन विकासका लागि कागको मूर्तिले ठूलो सहयोग पु¥याउने बताएका छन् ।
मन्त्री फुयाँलले कागेश्वरी धामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न स्थानीयहरुको तिब्र सहयोग रहेकाे बताएका छन् । धाम जाने सिँढी बनाउन प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको थियो । त्यस क्षेत्रमा दुई हजार सिँढी निर्माण भएको छ । करिव ६ सय तामाङ बस्ती रहेको गागलमा तामाङ साँस्कृतिक संग्राहलय निर्माण गर्ने योजना रहेको उनले बताए । कागको मूर्ति निर्माण गर्न सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य एवम् मन्त्री फुयाँलको अगुवाईमा सम्पदा निर्माणमा स्थानीयबासीहरुको अपनत्व होस भनेर जनताको घरदैलोमा पुगी कवाड संकलन गरेका थिए । मूर्ति निर्माणका लागि स्थानीय जनताको घरदैलोबाट हाते भालाहरु, थाल, करुवा, फलाम, चाँदी, पीतल, तामा सहित २७ सय किलो कवाड संकलन भएको वडा अध्यक्ष मकुन्द गजुरेलले जानकारी दिए । मन्त्री फुयाँलले निर्माणाधिन बाल उद्धार मा.वि.को नवनिर्मित भवनको अनुमन समेत गरेर कागेश्वरी धाम परिसरमा पिपलको रुख रोपेका थिए । मन्त्रीसंगै वडा अध्यक्ष मकुन्द गजुरेल, वडा सदस्य दलबहादुर तामाङ, प्रारम्भ खबरका सम्पादक भिम लामा लगायतले पिपलको रुख रोपेका थिए ।
कागको मूर्ति स्थापनापछि धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गरिने,
कागको ठूलो मूर्ति स्थापनापछि गोकर्णेश्वर महादेव, राष्ट्रिय शहीद स्मारक, तारेभीर, सुन्दरीजल, सुन्दरीमाई, कागेश्वरी, नवतनधाम, मणिचुड, बज्रयोगिनी, ऐतिहासिक नगर साँखु र सालिनदी क्षेत्रलाई समेटेर धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने अवधारणा रहेको छ । कागेश्वरी हुदैँ गोसाईकुण्ठ र हिमाली क्षेत्रसम्म जानका लागि पदमार्गको रुपमा विकास गरी त्यस क्षेत्रमा रोजगार प्रर्वद्धन तथा आर्थिक उत्पादनका वृद्धि गराउने वडाको लक्ष्य रहेको अध्यक्षको भनाई छ ।
कागेश्वरीको धार्मिक महत्व र किम्बदन्ती यस्तो छ।
कागेश्वरीको धार्मिक महत्त्व श्री स्वस्थानीमा उल्लेख भए अनुसार सत्यदेविको अगं पतन भएपछि यस स्थानमा काग आई दूध चढाउने भन्ने भनाई रहेको छ । त्यस स्थानका किसानलाई कागले कहाँ बाट दूध लिएर चढाउछ भनेर अचम्म मान्दै हेर्दा सोही स्थानमा ज्योर्ति लिङ्ग भेटिएको किंवदंती छ । त्यस दिनदेखि सोही स्थानमा शक्ति रहेको थाहा पाएपछि पूजाआराधना गर्ने चलन चलेको बुझन् आएको छ । परापूर्वकालमा पार्वती मृगस्थलिबाट महादेव त्यस स्थानमा लुकेपछि पार्वतीले महादेवलाई खोज्दै आउने क्रममा त्यहा मृगको रुपमा आईपुगेको र त्यही समयमा कागले पुनः तपस्या गरिरहेको देखिएपछि कागलाई उनले अमरत्वको बरदान दिएको किम्बदन्ति रहेको छ । हरेक मानिस गोसाइँकुण्ड जाने तिर्थालुले झल ल्याई चढाउने चलन रहेको छ। धामी विद्या सिक्नेहरु कागेश्वरी आउने चलन रहेको छ।
काग तिहारमाः
काग तिहारको दिन आई पूजा आराधना गरेमा कागको स्पर्शजन्य दोषबाट मुक्ति मिल्ने, मकै लगायत अन्नबाली चढाएमा बारीमा पसेर कागले नखाने लगायत जनविश्वास रहेको छ ।



