नुवाकोटको शिवपुरीमा ५५ वर्ष माथिको ३५० जनाले लगाए भेरोसेल खोप

प्रविण थपलिया, शिवपुरी  साउन ५ नुवाकोट जिल्लाको पुर्वि भेगमा अवस्थित  शिवपुरी गाउँपालिकामा कोभिड-१९ विरुद्धको भेरोसेल खोप शिवपुरी गाउँपालिका अन्तर्गतका आठवटै स्वास्थ्य चौकीमा मंगलबार लगाइएको छ।                                                                                                              आज लगाइएको भेरोसेल खोप शिवपुरीका ५५ वर्ष माथिको उमेर समुहका ३५० जना वृद्ध बृद्धालाई लगाइएको शिवपुरी गाउँपालिकाका स्वास्थ्य प्रमुख उद्धव कार्कीले जानकारी दिए।             आज खोप लगाउन छुटेका तथा ५० देखि ५४ वर्ष उमेरसमूहलाई लगाउने कोरोना खोप केही दिनमै अर्को चरण लगाउने कार्यक्रम रहेको शिवपुरीका स्वास्थ्य प्रमुख कार्की वताउछन्। भेरोसेल खोप दुई मात्रा लगाउनुपर्ने यो खोपको मात्रा बीच अन्तराल चार हप्ता हुर्ने सुनखानी स्वास्थ्य चौकी ईन्चार्ज बद्रि मैनाली बताउनुभयो ।

५ श्रावण २०७८, मंगलवार