माओबादी केन्द्रले जुगल ३ को नेसम खोलामा सञ्चालन गर्यो तुईन

सिन्धुपाल्चोक साउन ६  सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ नेशम खोलाले झोलुङ्गे पुल बगाएपछि बैकल्पिक वारपार गर्न नेकपा (माओबादी केन्द्र ) ले उक्त खोलामा तुइन सञ्चालन गरिएको छ।

अझैसम्म सडक सञ्जालमा नजोडिएको जुगल गाउँपालिकाको दिपु, तेगा र तेम्बाथान पुग्ने एक मात्र माध्यम नेसम खोलाको झोलुंगे पुल बाढीले बगाएको एक महिना भइसकेको छ । तर पुल मर्मतका लागि स्थानीय तह तथा अन्य सरोकारवालालाई गुहार्दा पनि सुनुवाइ नभएपछि माओबादी केन्द्रका युवा नेता माधव सापकोटा सुवोध लगायतको टिमले तुईन मंगलबार सञ्चालन गरेका छन् । 

तुइन माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल शरद र केन्द्रीय सदस्य तथा माधव प्रसाद सापकोटा सुबोध र बागमती प्रदेश सचिवालय सदस्य सरल सहयात्री लगाएतको नेता कार्यकर्ता लगायतको सहभागिता मा तुईन उदघाटन गरिएको हो।

खोला वारपार गर्ने अन्य विकल्प नहुँदा असार १ यता स्थानीय चुँडिएको झोलुंगे पुलमै झुन्डिएर जोखिमपूर्ण रूपमै आउजाउ गरिरहेका थिए । अहिले ‘तुइन सञ्चालन गरिएपछि स्थानीय वासी खुसी भएका छन्।

माधव सापकोटा सुवोधले ‘जोखिमपूर्ण रूपमा पुलमा झुन्डिएर यात्रा गर्नुको बदला तत्काललाई तुइन हालेर सम्पर्क जोडिएको हो । तर दीर्घकालीन रूपमा यो उपयोगी हुने छैन, झोलुंगे या मोटरेबल पुल जरुरी देखिन्छ,’ उनले भने ।

घण्टौंको बाटोमा तुइनको सामग्री बोकेर माओबादी केन्द्रका नेताहरू कार्यकर्ताहरुले जुगल ३ का बासीहरुको दुःख मर्म बुझेर नेसम खोलामा तुईन सञ्चालन हुँदा त्यहाँको बासिन्दाहरू खुसी भयका छन् स्थानियहरुले माओबादी केन्द्रका माधव सापकोटा सुवोधको टिमलाई धन्यबाद् समेत दिएकाे जुगलबाट दुर्गा श्रेष्ठले तारकेश्वर अनलाइन लाई जानकारी दिए।