मुख्य मन्त्री पौडेलले गरे बागमती प्रदेस यातायात पुर्वाधार निर्देशनालयको भवन उद्घाटन

                                                                            काठमाडौ साउन ६  हेटौंडा-११ को सिमलटारमा  बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयको नवनिर्मित कार्यालय भवनको  उदघाटन आज  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गरेका छन।  

यस भवनको लागत बागमती प्रदेश सरकारको २ करोड ४४ लाख १७ हजार लागतमा शिवालय बिल्डर्स प्रा ली पोखरीचौरी काभ्रेले निर्माण सम्पन्न गरेको हो ।नवनिर्मित भवनको प्रयोगशाला सहित १९ वटा कोठा रहेको छ।                                                                                                    यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सहदेव बहादुर भण्डारीको सभाध्यक्षतामा भएको भवन उदघाटन कार्यक्रममा बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मुकुन्द प्रसाद पौडेल,भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजिव बराल लगायतको उपस्थिति रहेको थियो।