बागमती प्रदेशमा यातायात व्यवस्थापन सुचना प्रणालीको शुभारम्भ

काठमाडौ साउन ८  बागमती प्रदेश यातायात व्यवस्थापन सुचना प्रणालीको शुभारम्भ भएको छ। आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले एक कार्यक्रमका बीच हेटौंडामा सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न मिल्ने गरी बनाइएको यातायात व्यवस्थापन सूचना प्रणालीको उदघाटन गरेर शुभारम्भ गरेका छन।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले बागमती प्रदेशमा दर्ता भएका सवारीको अनलाइन प्रणालीबाट राजश्व तिर सक्ने उद्देश्यले उक्त प्रणालीको आजबाट शुभारम्भ गरिएको जानकारि दिएको छ।यो प्रणालीले कर निर्धारण गर्ने,इम्बोस्ड नम्बर प्रणाली,सवारी बिमा पहिचान लगायतका कार्य सहज बनाइ कर प्रणालीमा सहजता आउने जानकारि दिएको छ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल,अर्थ मन्त्री  मन्त्री कैलाश ढुङ्गेल,कृषि मन्त्री दावा दोर्जे लामा,सामाजिक मन्त्री सरस्वती बस्नेत,जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल,बागमती प्रदेशका प्रमुख सचिव डाक्टर मुकुन्द प्रसाद पौडेल,बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी प्रकाश जंग कार्की लगायत विभिन्न प्रदेश मातहतका कार्यक्रमका प्रमुखहरुको उपस्थिति रहेको थियो।