सर्लाहीका जसपा अध्यक्ष रामरीखराय यादव र उपाध्यक्ष चन्द्र यादव एमालेमा प्रवेश

काठमाडाैँ साउन ९ जनता समाजवादी पार्टी (जसपा)को सर्लाहीको जिल्ला कमिटी एमालेमा समाहित हुने भएको छ । जसपा सर्लाहीका अध्यक्ष रामरीखराय यादव र उपाध्यक्ष चन्द्र यादव शनिबार एउटा कार्यक्रकाबीच एमालेमा प्रवेश गरेका छन । उनीहरूलाई एमालेका युवा नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला एवं कानुनमन्त्री केशवराज पाण्डेले स्वागत गरे । मन्त्री पाण्डेले यादवद्धयलाई एमालेमा स्वागत गर्दै नयाँ पुरानो भनेर विभेद नहुने प्रतिवद्धता जनाउँदै सबैलाई उचित जिम्मेवारी दिएर अघि बढाउने बताए । मन्त्री पाण्डेले नेपाली जनताको सुखी र समृद्ध बन्ने सपना एमालेबाहेक कसैले पूरा गर्न नसक्ने भन्दै सबैलाई एमालेमा गोलबन्द बन्न अपिल पनि गरेको दिपेश भेटुवालले तारकेश्वर अनलाइन लाई जानकारी दिए।