लायन्स क्लब अफ काठमाण्डौं शुभ आरम्भ र अन द रक्स ग्रुपको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौ साउन १७ लायन्स क्लब काठमाण्डौं शुभ आरम्भ र अन द रक्स ग्रुपको आयोजनामा आज ललितपुरको चापागाउँमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ७१ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
लायन्स क्लव शुभारम्भका टिमको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा लायन्स क्लव सुभारम्भका सदस्यहरुले पनि रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा कल्वका सदस्य सुस्मिता गुरुङले ४ कार्टुन जुस सहयोग गरेकी थिइन । रगत संकलनमा हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टरले सहयोग गरेको थियो ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा पुर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणाको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको विशेष अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन र नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै पुर्ब अर्थ राज्य मन्त्री राणाले भने – “अहिलेको समय भनेको विषम परिस्थितिको अवस्था हो । यो अबस्थामा पनि रक्तदान कार्यक्रम गर्नु भयकोमा आयोजकलाई विशेष धन्यवाद दिँदै रगत अभाजको बेलामा पनि सहज रुपमा जनताले रगत पाउनेमा हर्ष व्यक्त गर्नुभयो ।“ कार्यक्रममा आरएससी इन्टरप्राइजेजले निःशुल्क सुगर टेस्ट गरेको थियो । त्यसै कार्यक्रममा आरएससी इन्टरप्राइजेजका प्रमुख राजन चित्रकार ले प्रमुख अतिथी र बिशेष अतिथीहरुलाई मायाँको चिनो स्वरुप सुगर जाँच्ने मेसिन प्रदान गरिएको थियो ।अन द रक्स ग्रुपले आजको व्यवस्थापनको सबै जिम्मेवारी बहन गर्नुका साथै खाजा र खानाको व्यवस्थापन समेत गरेको थियो ।



