तारकेश्वरको वडा नं. १ साङलामा साउन २० र २१ गते भेरोसेल खोप लगाइने

काठमाण्डौ ,साउन १९ तारकेश्वर नगरपालिकाको वडा न १ साङलाको बालकुमारी माध्यमिक विद्यालय बाट भेरोसेल खोप लगाइने भएको छ ।

वडा न १ का वडा अध्यक्ष तथा तारकेश्वरका नगर प्रवक्ता विदुर सापकोटाले दिएको जानकारी अनुसार  २० र २१ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई  कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने  छ । बिहान १० बजेदेखि ४ बजेसम्म  खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य लिएर जानुपर्नेछ ।

 

त्यस्तै सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने भएको छ । बैदेसिक रोजगारीमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारकाले तोकेका अत्यावश्यक सेवा संलग्न बाँकी व्यक्तिहरुलाई पनि लगाइने भएको छ ।

१९ श्रावण २०७८, मंगलवार