मुख्यमन्त्री पौडेलले गरे हेटौंडा अस्पतालको २०० सय सैया पाँच तले भवनको शिलान्यास


काठमाडौ साउन १९ हेटौंडा अस्पतालमा २०० सय सैयाको नयाँ बन्ने भवनको आज एक कार्यक्रमको विच शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ बन्ने भवनको शिलान्यास गर्नु भएको हो । भदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा थप २०० सैयाको भवन प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागनीमा निमार्ण गर्न लागिएको हो । कुल २२ करोड ८६ लाख ३१ हजार ३ सय ६६ रुपैया लागतमा बन्न लागेको ६ तल्ले भवनको ठेक्का असार १८ गते नै विकेओआइ र नव श्रीजनशिल निर्माण कम्पनिसंग गरिएको छ । कुल लागत अनुमान भन्दा २६ प्रतिशत कम लागतमा ठेक्का सम्झौता भएको छ । उक्त भवन ३ भागमा बन्ने छ । भवन आगामी २ वर्षभित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई २०८० पुष भित्र हस्तान्तरण गर्ने लक्ष्य राखिएको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव सञ्जिव बरालले बताउनु भयो । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडा अब स्वास्थ्य क्षेत्रमा देशमै अब्बल रहने बताउनु भयो । अब हेटौंडामा स्वास्थ्यमा एउटा क्रान्ति आएको छ उहाले भन्नुभयो। हिजोको दिनमा हामिले जुन सपना देखेका थियौ । त्यो सपना प्रदेश सरकार आएपछि विपनामा परिणत भएको छ । हेटौंडा अस्पतालको ५० बेडको सैयालाई ९०० बेडको सैयासम्म पुर्याउने अठोट लिएका छौ । यसै वर्ष ५०० बेडको सैयाका तयारी गरेका छौ ।’ हेटौंडा अस्पतालाई सबै प्रकारका साधन, स्रोत र जनशक्ति सम्पन्न बनाउने उनले बताए । अस्पताललाई उच्च स्तरको ब्यवस्थापन गरि प्रदेश भरीबाट स्वास्थ्य सेवा लिन हेटौंडा आउने बनाउन सबै लागि परेको मुख्यमन्त्री पौडेलले बताउनु भयो ।। अबका केहि दिनमै हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट राख्ने तयारी रहेको बताउनु भयो हजुरको खबर बाट ।

