सरकारले १३ लाख भुमिहिनको लालपुर्जा खोस्यो मुख्यमन्त्री पौडेल

काठमाडौ साउन २१ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले  सरकारले १३ लाख भुमिहिन जनता लालपुर्जा खोसेको आरोप लगाउनु भएको छ । उहाँले १३ लाख भुमि हिनको हातैमा आएको लालपुर्जा देउवा सरकारले खोसेको समेत उहाँको आरोप लगाएकाछन।
बुधबार बागमती प्रदेश सरकारद्वारा रामेछापमा निर्माण सम्पन्न भएको सित्खा ,गोगनपानी,धूलेबेसी,भदौरे,भोटनागि पक्की सडक खण्डको बुधवार उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
देउवा नेतृत्वका सरकार जनादेशबाट नभई परमादेशबाट बनेकाले यो सरकारले जनताको हित हुने काम गर्न नसक्ने समेत बताउनु भयो । यो सरकार जनता प्रति संवेदनशिल हुन नसक्ने समेत पौडेलको जिकिर थियो
देउवा सरकारले मङ्गलवार मात्र खारेज गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगलाई लक्षित गदै पौडेलले अहिलेको सरकार जनता प्रति संवेदनशील नभएको आरोप लगाउनु भएको होे ।