तिङ्ला स्वास्थ्य चौकीमा ‘रोक्पा कोभिड राहत निशुल्क स्वास्थ्य शिविर
काठमाडौ भदौ २ कोभिडको प्रकोपलाई मध्यनजर गरेर सोलुखुम्बु जिल्लाको शोलुदुध कुण्ड नगरपालिका वडा नं ११ तिङ्लामा रहेको तिङ्ला स्वास्थ्य चौकीमा ‘रोक्पा निशुल्क स्वास्थ्य शिविर शुरुभएकोछ । 
मद्दत नेपालको सहयोगमा शुरु भएको उक्त तीन दिने ‘रोक्पा कोभिड – राहत नि:शुल्क स्वास्थ्य शिविर ‘ मा शोलुदुध कुण्ड नगरपालिकाको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्य रहेको थियो भने डाक्टर टसि शेर्पाको संयोजकत्व रहेको थियो ।
शिविरमा बिरामीहरुको सुगर र प्रेशरको जाँच गर्नुका साथै नि:शुक्ल औषधि वितरण गरिएको थियो
स्वास्थ्य शिविरको पहिलो दिन आज करिव एक सय पचास बिरामीहरुले सेवा लिएका थिए । भने नि:शुल्क सेवा पाएका सेवाग्राहिहरुले आयोजक परिवार प्रती खुसी व्यक्त गरेका थिए । शिविर पर्सि ४ गते शुक्रबार सम्म संचालन हुनेछ । शिविर निक्कै नै महत्वपूर्ण भएको र धेरै भन्दा धेरै बिरामीले लाभ लिन सक्ने तिङ्ला स्वास्थ्य चौकीकी स्वास्थ्य सहायक रेखा खड्काले जानकारी दिनु भयो ।



