नेकपा एमाले ककनी गाउँपालिका वडा न २ को भेला सम्पन्न
नुवाकाेट भदौ ४ नेकपा एमाले ककनी गाउँपालिका संगठन कमिटी वडा नं.२ काे अगुवा कार्यकता भेला सम्पन्न भएको छ। नेकपा एमाले नुवाकाेटका अध्यक्ष एंब बागमती प्रदेश सांसद क.बद्री मैनाली को प्रमुख अातिथ्यतामा रहेको थियो ।
भेलामा विशेष अतिथी एमाले नुवाकाेटका सचिब .काशीराज अधिकारी ,अतिथीहरू ककनी गा.पा ईञ्चार्ज एंव ककनी वडा नं १ का वडाध्यक्ष चन्द्र बलामी ,जिल्ला सचिवालय सदस्य एंव पञ्चकन्या ईञ्चार्ज दिपक कार्की,ककनी सह- ईञ्चार्ज सानुमाया तामाङ्ग ,सचिवालय सदस्य .समीर बलामी,ककनी पार्टी अध्यक्ष .जनार्दन अधिकारी,.अजुर्न पाण्डे,.राजकुमार लामिछाने,.बिक्रम बलामी ,युवा संघका जित ब.श्रेष्ठ ,रामशरण थापा,बैकुण्ठ घिमिरे लगायतकाे उपस्थिति रहेको थियो ।
विभिन्न पार्टी परित्याग गरि पार्टीमा अाबद्व हुने नवप्रबेशी हरूलाई प्रमुख अतिथी लगायत अन्य अतिथीहरू द्वारा पार्टीमा स्वागत गरि कार्यक्रम सम्पन्न भएको एमाले नेता दिपक कार्कीले जानकारी दिए।



