गोसाइँकुण्डमा जनैपूणिर्मा दिन भक्तजनहरुको घुईचो

भदौ ६, रसुवा । जनै पूर्णीमाको दिन पारेर आज रसुवाको गोसाँईकुण्डमामा हजारौँ भक्तजनहरु स्नान गर्न पुगेका छन् ।

कोरोना संक्रमणको जोखिमको त्रासले स्थानीय प्रशासनले मेला स्थगित गरेपनि करिब दुई हजार भक्तजनहरु गोसाँईकुण्ड पुगेका छन । कुण्डमा स्नान गरे पापबाट मुक्ति पाउने, आफुले चित्ताएको सवै मनोकांक्षाहरु पुरा हुने जनविश्वास रहेको छ । त्यस्तै जनैपुर्णिमाका दिन सबै देवी देवताहरुको सो कुण्डमा जमघट हुने हुनाले यहाँ पुजाआजा गरि स्नान गर्नाले आनन्द प्राप्त हुनुको साथै पुन्य मिल्ने जनविश्वास छ ।

यता, तीर्थका लागि एक्कासी यात्रुको चाप बढेका कारण उच्च भागमा लेक लागेर पर्न सक्ने समस्यालाई दृष्टिगत गरी सुरक्षा व्यवस्थाका साथै नेपाली सेनाको उद्धार टोली समेत तयार गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । बिगत वर्षहरुमा करिब १० देखि १२ हजार भक्तजनहरुले मेला भरे पनि कोभिड संक्रमण पश्चात यो संख्या नबढेको हो । गोर्साँकुण्ड गाँउपालिका वडा नम्बर ५ मा अवस्थित गोसाईकुण्ड समुन्द्री सतह देखि ४ हजार ३ सय ८० मीटरको उचाईमा रहेको छ ।