नेपाल(एकीकृत )समाजवादी तारकेश्वरले घोषणा गर्यो ८१ सदस्यीय नगर कमिटी
काठमाडौ भदौ १२ नेपाल कम्युनिस्ट पाटि( एकीकृत ) समाजवादीले काठमाडौको तारकेश्वर नगरपालिकामा ८१ सदस्यीय कमिटी घोषणा गरेको छ। तारकेश्वरको वडा न ६ धमस्थलीको काठमाडौको रिभर साईड रिसोर्टमा बसको बैठकले पहिला नेकपा एमाले हुदा माधबकुमार नेपाल समुहको कमिटी नै अहिले नेकपा एकीकृत समाजवादी नगर कमिटी घोषणा भएको जानकारी दिएको छ। तारकेश्वर नगर कमिटीको अध्यक्ष लव कुमार वस्नेत र सचिव शिवहरी देवकोटा रहेका छन। आज भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य जिवनराम श्रेष्ठको प्रमुख अतिथिमा नगरकमिटीको बैठक भएको थियो । बैठकलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जिवन राम श्रेष्ठले अहिले नेपालमा कम्युनिस्ट आन्दोलन को रक्षा केपि ओलिले गर्ने नसकेकोले नयाँ पाटि कम्युनिस्ट आन्दोलन रक्षा गर्न समाजवादी पाटि भएको बताए अब नेपालमा कम्युनिस्ट अान्दोलनको रक्षा र जनताको आशा नयाँ पाटिले काम गर्ने बताए । काठमाडौमा नेकपा एकीकृत समाजवादी नगर कमिटी घोषणा गर्ने पहिलो नगरपालिका देखिन्छ ।
१२ भाद्र २०७८, शनिबार



