टोखाको वडा नं.४ लाई बालमैत्री घोषणा अभियान अन्तर्गत कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौ भदौ १४ टोखा नगरपालिका वडा नं.४ लाई बालमैत्री घोषणा अभियान अन्तर्गत बालबालिकाका लागि ५ बर्षे लगानी योजना तर्जुमा कार्यशाला गोष्ठी हिजो टाेखा नगरपालिका वडा ४ का स्थानीय सरोकारवालाहरु बिच कार्यशाला गोष्टी सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।कार्यक्रममा वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बालमैत्री घोषणाका लागी आवश्यक अधिकांश सूचकहरु पुरा भैसकेकोले टोखा नगरपालिकाको पहिलो वडाको रुपमा ४ नं. वडालाई बालमैत्री वडा घोषणा गरिने टोखा नगरपालिका वडा ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताउनुभयो।

टोखा नगरपालिका वडा नम्वर ४ मा बालमैत्री घोषणा अभियान अन्तर्गत कार्यशाला गोष्टीमा प्रमुख अथिति टाेखा नगर प्रमुख प्रकाश अधिकारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो भने बिशेष अतिथिमा नगर उपप्रमुख ज्ञान माया डंगोल, टाेखा नगरपालिका प्रशासकिय अधिकृत प्रकाश आचार्य र नेकपा(एमाले) बागमती प्रदेश कमिटी सदस्य नारायण भाईश्रेष्ठ ,टोखा नगरपालिका वडा नं.४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , नेपाल कम्युनिस्ट पार्टी (एमाले)
टोखा ४ नम्बर वडा कमिटीका अध्यक्ष काजी थापा,टाेखा नगर बाल संरक्षण समितिका सदस्यहरु , वडा ४ का जनप्रतिनिधिहरु, शिक्षकहरु, विद्यार्थीहरु, लगायत बालमैत्री स्थानीय शासनको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।