ब्लड डोनर्स एसोसिएसन नेपाल तारकेश्वर नगर समितिले गर्यो चौंथो अधिवेशन सम्पन्न 

१९ भदौ, काठमाडौं । तारकेश्वर नगरपालिका स्तरीय ब्लड डोनर्स एसोसिएसन समितिको चौंथो नगर सभा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहोरोको प्रमुख आतिथ्यमा भएको सम्मेलनले सर्वसम्मतीमा ९ सदस्यीय नयाँ समिति चयन गरेको छ ।

अधिवेशनमा विशेष अतिथिमा ब्लड डोनर्स एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिको पनि उपस्थिति रहेको छ । अधिवेशनमा तानपा वडा नंं. १० का अध्यक्ष अमृत थापा, मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्का लगायतको उपस्थिति रहेको थियो । मनमैजु सांस्कृतिक समाजको हलमा भएको कार्यक्रममा नगर प्रमुख रामेश्वर बोहोराले ४ ओटा मैनवत्ती बालेर कार्यक्रम उदघाटन गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नगर प्रमुख रामेश्वर बोहोराले तारकेश्वरमा रगत अभाव हुन नदिनका लागि नगरपालिका लागिरहेको हुँदा ब्लड डोनर्स एसोसिएसन, नेपाल तारकेश्वर नगर समितिले वडा कार्यालय र स्वास्थ्य शाखाको समन्वयमा नगरको ११ ओटा वडामा नै कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नगरपालिकाले पहिलोपटक गरेको रक्तदान कार्यक्रममा ५३८ पिन्ट रगत संकलन गरिएको थियो । नगरपालिकाले मृर्गौला प्रत्यारोपण केन्द्र सञ्चालन गर्न लागेको हुँदा रगतको आवश्यकता बढ्दै गएको बताउनुभयो । नगर अधिवेशनको शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्काले रक्तदान कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै लैजाने बताउनुभयो ।

त्यस्तै तारकेश्वर १० का वडा अध्यक्ष अमृत थापाले टोल सुधार समिति र महिला समुहहरुको सहकार्यमा रक्तदान कार्यक्रम निरन्तर रूपमा गर्दै जानुपर्ने बताउनुभयो ।

आजको कार्यक्रमका सभापति देबेन्द्र महर्जनले पुरानो टिमले काम नगरेको हुँदा नयाँ समितिमा सामाजिक सक्रिय सदस्यहरु राखेर निर्माण गर्न आवश्यक भएको बताउनुभयो । विगतको टिममा रहेका मानिसहरु बैठकमा समेत कहिल्यै नआउने परिपाटीले संस्था कमजोर भएको बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि ब्लड डोनर्स एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले सामाजिक क्षेत्रमा केही गरौं भन्ने भावना भएका मानिसहरु मात्र संस्थाको टिममा रहनुपर्ने बताउनुभयो ।

आजको उदघाटन सत्रपछि भएको अधिवेशनको बन्द सत्रले ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवगठित कार्यसमिति

केदार अधिकारी – अध्यक्ष
रामलाल महर्जन – उपाध्यक्ष
हरिकृष्ण खत्री – सचिव
दिपक कृष्ण श्रेष्ठ – सहसचिव
कमला सिलवाल खत्रि – कोषाध्यक्ष
कृष्ण प्रसाल ढुंगाना – सदस्य
इश्वर तिवारी – सदस्य
पूर्ण प्रसाद तिमिल्सिना – सदस्य
राजेन्द्र थापा – सदस्य

१९ भाद्र २०७८, शनिबार