गोगंबुको स्वरोजगार तालिम केन्द्रमा हाउस किपिङ निशुल्क तालिमको भयो शुभारम्भ

काठमाडौ भदौ २० “सीप सिकौ स्वरोजगार बनौ” १६० कार्य घण्टा हाउस किपिङ सम्बन्धि निशुल्क तालिमको आज टोखा नगरपालिका वडा न ९ मा अवस्थित स्वरोजगार तालिम केन्द्र प्रालिमा उदघाटन भएको छ। नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ललितपुर भैसेपाटिको सहयोगमा स्वरोजगार तालिम केन्द्रले सञ्चालन गरेको हो ।              यश तालिमको उदघाटन टोखा नगरपालिका का मेयर प्रकाश अधिकारीले गर्नु भएको थियो ।उहाँले सीप सिके बिश्वमा जहाँ गएर रोजगारी गर्ने सजिलो हुने भएकोले तालिममा सहभागीलाई राम्रोसग तालिम सीप सिक्न आग्रह गर्नु भयो ।            हाउस किपिङ तालिम स्वरोजगार केन्द्र प्रा लि ले काठमाडौ र पोखरामा गरि १०० जनालाई दिने तालिममा २०% सैद्धान्तिक ज्ञान र ८०% प्रयोगात्मक ज्ञान दिने स्वरोजगार तालिम केन्द्रका प्रबन्धक निर्देशक गोपाल अधिकारीले बताए ।  अधिकारीले भने यहाँ तालिम पछि होटल हस्पिटल डिपार्टमेन्ट स्टोर शैक्षिक सस्था लगाएत वैदेशिक रोजगारीका लागि योग्य हुने छ।स्वरोजगार तालिम केन्द्र विगत १३ वर्ष देखि विविध सीप मुलक तालिम दिदै आईरहेको छ।