नुवाकोटको किस्पाङ स्थित मनकामनाको भुमेस्थानमा बस दुर्घटना

किस्पाङ, १ कात्तिक । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं ५ मनकामनाकाे भुमेस्थानमा भाल्चे देखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ बस दुर्घटनामा परेको छ। दुर्घटनामा परेका घाईतेहरुलाई उपचारको लागि त्रिशूली पठाइएको जानकारी आएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ ।