धोबिखोला करिडोरको अनुगमनमा मन्त्री झाँक्री, करिडोरका समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिहीवार विहानै धोबिखोला करिडोरको अनुगमन गर्नुभएको छ । मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौ उपत्यका प्राद्यिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको हो ।                  टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामाग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ । उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राद्यिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ ।                                                                                                                                                   अनुगमनका क्रममा मन्त्री झाँक्रीले भन्नुभयो, “करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केहीदिनमा पुनः अनुगमनमा आउँछु ।” मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएको छ । बिहान ६ः३० मा बबरमहलबाट सुरु भएको अनुगमन बुढानिलकण्ठ पुगेर टुगिंएको थियो ।