हेटौँडामा ३ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

काठमाडौ । मकवानपुर जिल्लाको हेटौँडामा ३ दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न भएको छ । हेटौँडा १ अवस्थित रहेको डिएक्सएन हेटौँडाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि तालिम सम्पन्न भएको हो । हजुरको मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.का अध्यक्ष तथा हजुरको खबर डटकमका प्रमुख रुपक कालिराजको सभाध्यक्षता तथा ब्रोकाष्टिङ एशोसियशन नेपाल(बान)ंका उपाध्यक्ष उज्वाल चौलागाईको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।  
सो समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अथिति चौलागाईले तालिममा सिकेका ज्ञान,सीपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । युवाहरुको क्षमता अभिबृद्धिका यस्ता खालका कार्यक्रम अनिवार्य जस्तै बन्दै गएको बताउनुहुँदै बोल््ने कलाले जिवन परिर्वतनसँगै बोलेरै जिवन चलाउन समेत सक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘बोल्नेकला जिवनमा अपरिहार्य छ,यसलाई निरन्तरता दिनआग्रह गर्दछु ।’
त्यस्तै कार्यक्रममा विशिष्ट अथिति खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानुलामाले हजुरको खबरले बोल्ने कलाको विकास गर्ने उद्देश्यले आयोजना गरेको उु तालिम आफैमा राम्रो रहेको बताउनु भयो । उहाँले हरेक क्षेत्रमा बाल्नुपर्ने भन्दै बोल्ने कलाको आजको आवश्यकता रहेको बताउनु भयो । उहाँले प्रमाण—पत्र मात्रै लिएर राख्ने भन्दा पनि निरन्तरता दिनको लागि समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा विशिष्ट अथिति योगदान राष्ट्रको लागि केन्द्रिय सदस्य अभिषेक उप्रेतिले राष्ट्रलाई बोलेर पनि योगदान दिन सक्ने बताउनु भयो । काम मात्रै गरेर देशलाई योगदान हुदैन बोलेर पनि समाज परिर्वतन गर्न सक्ने भन्दै उप्रेतिले बोल्नेकलालाई निखार्नको लागि सुझाव दिनु भयो । डिएक्सएन हेटौँडाका प्रमुख रमेश उप्रेतिले यो सिकाई जिवनमा कहिल्यै नसकिने भन्दै बोल्नेकलालाई निरन्तरता दिनको लागि अनुरोध गर्नु भयो ।
लियो क्लव अफ हेटौँडा भुटनदेवि सेन्टिनियलका पुर्व अध्यक्ष विजय बगजगाईले उद्घोषण कला जिवनमा नभई नहुने कला रहेको उद्घोष गर्नु भयो । उहाँले भन्नुभयो,‘गाउँघरदेखि सरकार सम्म र सडक देखि सडक जहाँ सुकै पनि बोल्नुपर्ने हुँदा बोल्ने कला महत्वपुर्ण रहेको बताउनु भयो ।
तालिम हजुुरको खबरका प्रमुख रुपक कालिराजले प्रशिक्षण दिनु भएको थियो । सो तालिमका प्रशिक्षार्र्थी बिक्रम बहादुर ठकुरीले उमेरले ५० बर्ष पुगेता पनि तालिमबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनु भयो । उद्घोषण तालिम सबैले सिक्नुपर्ने भन्दै आउँदा दिनमा समेत यस्तो तालिम सहभागि हुने बताउनु भयो ।                                                                                                                                         त्यस्तै तालिममा अनुभाव राख्ने क्रममा प्रशिक्षार्थी मेनुका ढकालले क्षमता अभिबृद्धि तालिम लिन पाउदा आफुले यस तालिमबाट धेरै कुराहरु सिक्न सफल भएको साथै आफुले आफ्नो चिनारी राख्नु पर्छ भन्ने प्रेरणा यस कार्यक्रममार्फत पाएको पनि बताउनुभयो । ढकालले छोटो समयमा बोल्नेकला विकास भएको समेत सुनाउनु भयो । सो अवसरमा अन्य सहभागिहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने बताएका थिए । मकवानपुरको सुधारगृहका संचालक तथा विद्यार्थीहरु गरि २० जना प्रशिक्षार्र्थीलाई प्रमुख अथिति चौलागाईले प्रमाण—पत्र प्रदान गर्नु भएको थियो ।