माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नुवाकोट आउने

नुवाकोट,फागुन ७ । नेपाल  कम्युनिस्ट पाटि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  फागुन १४ गते नुवाकोट आउने भएका छन् ।   प्रचण्ड बिदुर नगरपालिकाको वडा नम्बर ५ पिपलटारमा नवनिर्मित स्वर्गिय पोष्टबहादुर बोगटीको पुर्ण कदको शालिक अनावरणका लागि नुवाकोट आउने श्रोतले जनाएको छ ।                                            सो कार्यक्रमका लागि छलफल पश्चात कार्यक्रमबारे तयारी समेत थालिएको बुझिएको छ । कार्यक्रमका लागि विभिन्न कमिटि बनाएर जिम्मेबारी वाँडफाड समेत गरिएको माओवादी केन्द्रका नुवाकोट अध्यक्ष हिरानाथ खतिवडाले बताए ।

८ फाल्गुन २०७८, आईतवार