पल्सर मोटरसाईकल सहित दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौ ।काठमाडौँको सामाखुशीबाट चोरीको मोटरसाईकल सहित दुई जनालाईमहानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।
महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले
सामाखुशीबाट महोत्तरी बर्दीबास घर भई कपन बस्ने वर्ष २० को संजय
विश्वकर्मालाई बास्तविक नम्वर परिवर्तन गरि प्रदेश ३-०२-१२ प ५५८२
नम्वर भएको एनएस पल्सर मोटरसाइकल सहित नियन्त्रणमा लिएको
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी
दिनुभयो ।
वास्तविक नम्बर बा८५प ९०३४ खुल्न आएको उक्त मोटरसाईकल
यहि पुसमा धुम्बाराहीबाट हराएको भनी मोटरसाईकल धनी सन्तोष
श्रेष्ठले जानकारी गराएको एसएसपी जोशीले बताउनुभयो ।
त्यसैगरी सोही स्थानबाट बा९७प ३१५५ नम्बरको पल्सर मोटरसाईकल
सहित संखुवासभाको खाँदबारी घर भई काठमाण्डौं बस्ने रमेश राई
नियन्त्रणमा आएका हुन ।
कपन बस्ने निर्मल कार्कीले उक्त मोटरसाईकल चोरी भएको भनी यहि
असोजमा निबेदन दिएको महाशाखाले जनाएको छ ।
मोटरसाईकल सहित पक्राउ परेका दुबै जनालाई चोरी मुद्दा अनुसन्धान
एव कारबाहिका लागी महानगरीय प्रहरी बृत्त महाराजगंजमा पठाइएको
महाशाखाले जानकारी दिएकोछ ।



